Friday, January 17, 2014

टुँडिखेल बचाउ अभियान अन्तरगत हस्ताक्षर अभियानमा मिडिया व्यााइन्टले स्थानियको लिखित सहिछाप संकलन गरेको छ । बिहिबारबाट २ दिनसम्म अभियानमा जुटेको प्वाइन्टले स्थानियको १ हजार ११ हस्ताक्षर जम्मा गर्न सफल भएको हो ।
अभियानमा जिल्लाका बिभिन्न संघ संस्थाहरुले समेत एक्यबद्धता जनाएका थिए । अभियानलाई सफल बनाउन गैर सरकारी संस्था महासंघ, नागरिक समाज, नागरिक सञ्जाल, उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ रोल्पा प्याबसन, हुरेक, आर आर एन रोल्पा, , हरप्लेस रोल्पा लगायत दर्जनबढी संघ,संस्था तथा जिल्लाका सन्चारमाध्यमलेसँगै हातेमालो गरेका हुन् ।
बारम्बार मिडिया र मिडियाकर्मीहरुले टुंडिखेल ब्यवस्थापनबारे बिषय उत्थान गरे पनि अझै सम्म पनि अस्तब्यस्त भएकोले रोल्पाको मुटु सदरमुकाम लिबाङको टुँडिखेललाई ब्यबस्थित गर्न सबैको दबाबका लागि हस्ताक्षर संकलन गरिएको अध्यक्ष रोहित के.सीले जानकारी बताउनुभयो । साथै विगतमा जिल्ला परिषदले यसलाई ग्रीन पार्कको रुपमा विकास गर्ने बताएपनि कागजमा मात्र सिमित भएपछि आगामी जिल्ला परिषदमा सुनवाई हुने वातावरण बनाउन अभियान शुरु गरिएको हो ।
यस भन्दा अगाडि स्थानिय सञ्चारकर्मीले सामाजिक सञ्जाल मार्फत समेत अभियान अगाडि बढाएका थिए भने पत्रकार महासंघले ध्यान आर्कषण गर्न धान समेत रोपेको थियो । सामाजिक सञ्जाल र समाचार लेखनको माध्यमबाट माात्रै समस्या समाधान हुने नदेखिएपछि प्रत्क्षय स्थानियको हस्ताक्षर संकलनमा मिडिया प्वाइन्ट जुटेको हो । हस्ताक्षर संकलनमा एमालेका सभासद गोकुल घर्तिमगर,नेकपा माओवादिका पोलिटव्युरो सदस्य कुल प्रसाद के.सी सोनाम,क्रेन्द्रिय सदस्य सन्तोष बुढा मगर,केन्द्रिय सल्लाहाकार नन्द बुढा, चन्द्र बहादुर बुढा ,काग्रेसका सचिव जितविक्रम मल्ल,एमालेका अध्यक्ष हरि घर्ति, ए नेकपा माओवादिका देउकला घर्ति ,राप्रपा नेपालका गोविन्द बलामी ,निमित्त प्रमुख जिल्ला अधिकारी धनबहादुर के.सी,प्रनाउ ओम राना मगर ,अनुसन्धानका प्रनाउ नविन कार्की,कृषि विकास अधिकृत शिव नारायण चौधरी लगायत विभिन्न निजी तथा आवासिय र सामुदायिक विद्यालयका विद्यार्थी ,शिक्षक तथा स्थानियले हस्ताक्षर गरेका थिए ।
पत्रकार महासंघ रोल्पाका अध्यक्ष मौसम रोकाले हस्ताक्षर गरेर शुरु गरिएको अभियानमा संकलन गरिएको हस्ताक्षर एक औपचारिक कार्यक्रमको आयोजना गरी सरोकारवाला निकायलाई बुझाउने बताइएको छ ।

0 comments:

Post a Comment