Sunday, February 2, 2014

   अघोषित वषपार्कको रुपमा प्रयोग भैरहेको टुँडिखेललाई व्यबस्थित गर्न स्थानिय विकास अधिकारी हिरालाल रेग्मीले तत्काल लिखित रुपमै वस हटाउन निर्देशन दिने बताउनुभएको छ । मिडिया प्वाइन्टले आज आयो
जना गरेको बहस कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
त्यसकालागि भोलिनै जलजला बस ब्यवसायी समितिलाई लिखित रुपमा जानकारी गराउने बताउनुभयो । लिखित रुपमा जानकारी दिएपनि नमाने कडा रुपमा प्रस्तुत हुन तयार रहेको समेत चेतावनी दिनुभयो । यतिगर्दा पनि समस्या समाधान नभए राजनैतिक दल, नागरिक समाज, स्थानिय बुद्धिजिवि, सन्चारकर्मी, लगायतलाई साथमा लिएर अगाडी बढने समेत बताउनुभयो । 
प्रमुख जिल्ला अधिकारी महादेव पन्थले आफनोतर्फबाट कुनै कसुर बांिक नराख्ने भन्दै प्रशासनले समेत सहयोग गर्ने बताउनुभयो । सुरक्षा लगायतका अन्य बिषयमा कुनै समस्या नभएकाले यसैको बहाना बनाएर पन्छीन नहुनेमा उहाँको जोड थियो । बसर्पाकका लागि आवश्यक पर्ने उचितमात्रामा सुरक्षाकर्मी खटाउन प्रशासन तयार भएको समेत दाबी गर्नुभयो । 
जिल्लाका सरोकारवाला निकायको उपस्थितिमा टुँडिखेलको उत्थानको बारेमा जवाफ खोजिएको र आउँदो जिल्ला परिषदमा यसलाई निकाससम्म पुर्याउने आशा लिएको छ । 
टुडिखेल बचाउ अभियान अन्र्तगतको १ सय ११ हस्ताक्षर सहतिको दुईवटा ब्यानर र लिखित हस्ताक्षर स्थानिय विकास अधिकारी हिरालाल रेग्मी र प्रमुख जिल्ला अधिकारी महादेव पन्थीलाई समेत बुझाईएको छ । कार्यक्रममा जिल्लाका राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि , सररकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि, नागरिक समाज, पत्रकार , स्थानिय लगायतको सहभागिता रहेको थियो ।
सदरमुकाम लिबाङ टुडिखेलमा गरिएको बहस कार्यक्रममा टुडिखेल बचाउनका लागि बिभिन्न सुझाव सल्लाह सहित आरोप प्रतयारोपका कुराहरु समेत उठेका थिए । तर टुडिखेल बचाउनका लागि सबैको उत्तिकै दायीत्व र जीम्मेवारी हुनुपर्नेमा सहभागिहरुले गुनासो समेत गरेका हुन् । कुनै एक निकाय र एक समुहले मात्र गर्नुभन्दा यो साझा सवालमा सबैको समस्याको बिषय भएकाले यसप्रति गम्भीर हुन सहभागिहरुले राजनैतिक दल र सथानिय विकास निमार्णका निकायहरुलाई आग्रह गरेका छन् ।।

0 comments:

Post a Comment