Tuesday, January 21, 2014

जिल्लामा क्रियाशिल पत्रकारहरुको अनलाइमा पहिलो पटक अभिलेख राख्न शुरु गरिएको छ ।  बिभिन्न सञ्चार माध्यममा आबद्ध रहेर कलम चलाइ रहेका पत्रकारहरुको तथ्याङ्क सङ्कलन गरि बाहिर ल्याउन लागिएको हो । जिल्लाका सञ्चारकर्मीका बारेमा जोकोहिले पनि इन्टरनेट सेवाको पहुच भएको स्थानबाट सजिलै जानकारी लिन सकियोस भन्ने उद्देश्यका साथ मिडिया प्वाइन्टले अनलाइनमा अभिलेख राख्न शुरुगरेको छ । 
जिल्लाका हकमा यसभन्दा अगाडि छाता संगठनहरुले अभिलेख राख्ने गरेतापनि अनलाइमा भने सामुहिक रुपमा राखिएको थिएन । हाल सम्म प्राय सवै मिडिया कर्मिको अभिलेख राखि सकिएको र प्राविधिक कठिनाइका कारण छुटेकाहरुको समेत छिट्टै राख्ने मिडिया प्वाइन्टले जनाएको छ । पछिल्लो समयमा सार्वजनिक सरोकारका विषयमा विभिन्न छलफल र अभियान मार्फत मुद्धा उठाइरहेको मिडिया प्वाइन्टले अब भने मिडिया कर्मिलाइ नै अनलाइनमा गोलबन्द गर्न लागेको हो । 
प्वाइन्टको website : www.mediapoint.com.np र www.mprolpa.blogspot.com मा रोल्पा जिल्लाका सञ्चारकर्मिहरुलाई हेर्न सकिनेछ ।

0 comments:

Post a Comment