Monday, February 3, 2014


जिल्ला बिकास समिति रोल्पाले बसपार्क ब्यबस्थापनको लागि जलजला यातायात ब्यबसायी समितिलाई निर्देशन दिएको छ ।


आज समितिको प्रधान कार्यालय लिबाङमा लामो तथा छोटो दुरीका सवारी साधनहरुलाई रेउघा एवं सोलाबांङ मध्ये एक ठाउँमा उचित ब्यबस्थापन गर्न लिखित निर्देशन दिएको हो । मिडिया प्वाइन्टले टुडिखेल संरक्षण र सरसफाईका लागि संकलन गरेको एक हजार ११ हस्ताक्षर हस्तान्तरण एवं टुँडिखले सम्बन्धी खुल्लाबहस गरेको भोलीपल्ट नै जिबिसले यस्तो कदम थालेको हो । हिजोमात्रै सदरमकुका लिबाङको टुँडिखेलमा स्थानीय बिकास अधिकारी, प्रमुख जिल्ला अधिकारी, जिल्लाका राजनैतिक दलहरु, सम्बन्धीत निकायको उपस्थितिमा छलफल गरिएको थियो ।

छलफलमा सहभागि सम्बन्धीत निकायका ब्यक्तिहरुले आ–आफ्नो ठाउँबाट उचित पहल र कर्तब्य थाल्ने प्रतिबद्धता जनाएका थिए । लामो समयदेखि बिभिन्न निकायहरुले टुँडिखेलको सुन्दरता र सरसफाईप्रति चिन्ता र चासो ब्यक्त गर्दा पनि त्यसको उचित संबोधन हुन सकेको छैन ।

टुँडिखेलबाट बस हटाइए लगतै क्रमशः टुँडिखेलमा रहेका फोहोर, पाइप लाइन तथा निर्माणका सामग्रीहरुलाई पनि हटाईने बताइएको छ ।।

0 comments:

Post a Comment