Monday, March 17, 2014

                                                        प्रेस विज्ञप्ती
लामो समयसम्म अस्तव्यस्त बनेको सदरमुकाम लिबाङको बिच मुटुमा रहेको टुडिखेलको व्यवस्थापनमा विभिन्न क्षेत्रबाट चासो र चिन्ता व्यक्त भै रहदा पछिल्लो समयमा चालिएको कदमले केहि सकरात्मक संकेत गरेको छ । जिल्लाको पहिचान सँग जोडिएको टुडिखेलको व्यवस्थापनको पक्षमा पटक पटक गरिएका विरोध र दवावका आन्दोलनले यसको मुहार फेरीने तर्फ हामीलाई आशावादी बनाएको अबस्था हो ।
पत्रकार महासंघले विगतमा यसको व्यबस्थापनकोलागि धान रोप्ने र साहित्कारहरुले साहित्यबाट पेचिलो प्रहार गर्दै दबाब स्वरुप विरोधको कार्यक्रम अगाडि बढाएको सन्र्दभमा समेत कुनै सुधार हुने नदेखिएपछि मिडिया प्वाइन्टले पछिल्लो समयमा यसको बचाँउको लागि अभियान चलाएको सर्वविदितै छ । अभियानका क्रमममा हामीले जम्मा गर्न सफल भएको १ हजार ११ हस्ताक्षर र खुला बहसमा गरिएका प्रतिबद्धताले सबैलाई जिम्मेबारी बोध गराएको छ । सबैको हातेमालो र संयुक्त प्रयासबाट देखिएको परिदृश्यले निकट भविष्यमा जिल्लाको पहिचानलाई बचाउन सक्ने हाम्रो ठहर छ ।
१२ औ जिल्ला परिषद्ले यसलाई ग्रीन पार्कको रुपमा विकास गर्ने बताएपनि हालसम्म पनि यसको कागजी अबधारणा अगाडि नबढेकोमा हाम्रो ध्यानआर्कषण भएको जानकारी गराउँछौ । वस पार्किङ नै मूल समस्याका रुपमा उठाइएको अबस्थामा अब वस अन्यत्र सारिएको सन्दर्भमा स्थानिय निकायले यसको व्यबस्थापनमा तत्काल कदम चाल्नु आवश्यक छ । हामी सबै त्यसैको प्रतिक्षामा छौ ।
अन्त्यमा अभियानमा ऐक्यबद्धता जनाउने स्थानिय राजनैतिक दल,विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्था, नागरिक समाज, बुद्धिजीवी ,व्यापारी ,विद्यार्थी ,साहित्यकार ,पत्रकार ,सञ्चार माध्यम लगायत सम्पूर्ण रोल्पालीहरुमा धन्यवाद ज्ञापन गर्दछौ । साथै यसमा सहज वातावरण निर्माणमा सहयोग पुर्याउने जलजला यातायात वस व्यबसायी समितिप्रति आभार व्यक्त गर्दछौ ।

                                                                   
                                                                                                                          रोहित के.सी
                                                                                                                            अध्यक्ष
                                                                                                                        मिडिया प्वाइन्ट

0 comments:

Post a Comment