Friday, March 21, 2014

नेकपा माओवादिका महासचिव रामबहादुर थापामगर बादलले स्थानिय निकायको निवार्चनलाई षडयन्त्रको संज्ञा दिनुभएको छ । उहाँले स्थानिय निकायको निवार्चन संघियतालाई सखाप पार्ने योजनाबाट अगाडि बढिरहेको भन्दै सफल पार्न नदिने चेतावनी दिनुभयो ।थापाले सरकारले गर्ने भनिएको स्थानीय निर्वाचन घातक भएको समेत टिप्पणी गर्नुभएको छ ।  

आज रोल्पामा मिडिया प्वाइन्टले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै महासचिब थापाले नयाँ ध्रुबिकरणसँगै क्रान्तिकारी कम्युनिष्टहरुको केन्द्रिकरणको आवश्यकता औँल्याउनुभयो । एकिकृत माओवादीले जनवादीक्रान्ति पुरा नहुँदै समाजवादी क्रान्तिको कुरा गरिरहेको भन्दै यी दुई आधारभूत रुपमा अन्तर भएकाले तत्काल पार्टी एकता नहुने पनि स्पष्ट पार्नुभयो । साथै उहाँले एकिकृत माओवादी जनवादी क्रान्तिको पक्षमा नभएको आरोप समेत लगाउनुभयो । एकिकृत माओवादिले आत्मसमिक्षासहित कमजोरी सच्याएर आएमा पार्टी एकता हुनसक्ने बताउनुभयो ।

मुल्यबृद्धिको प्रसंगमा बोल्दै उहाँले अहिले राष्ट्रियताको प्रमुख कारण दलालिकरण भएको भन्दै नवऔपनिवेशिक तरिकाबट कमिशन खाएर राष्ट्रियता संकटमा परेको दाबी गर्नुभयो । दलाल र पुँजिपतिको हातमा सत्ता गएपछि देश बिदेशी दाललीमा फसेको भन्दै यसको बिरुद्ध नयाँ ढंगले आन्दोलन गर्ने जिकिर गर्नुभयो । त्यस्तै थापाले बिस्तारवाद, साम्राज्यवाद र नवऔपनिवेशिकका साथै आन्तरिक प्रतिक्रियावादको बिरुद्ध जनआन्दोलन र शसस्त्र बिद्रोह आवश्यक रहेको बताउनुभयो । 
उहाँले भर्खरै प्रकाशनमा आएको एकिकृत माओवादी नेता बाबुराम भट्टराईको लेख गैरमाक्र्सवादी चिन्तन भएको तर्क गर्दै त्यसलाई उट्पट्याङ र केटौलीपनाको उपज भएको बताउनु भयो । । 

0 comments:

Post a Comment